२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पत्रकार न्यौपानेलाई उत्कृष्ट जोन चियरपर्सनको अर्वाड प्रदान

Nada
२०८३ असार १३ गते २१:३४
Shares
पत्रकार न्यौपानेलाई उत्कृष्ट जोन चियरपर्सनको अर्वाड प्रदान

काठमाडौं : लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका पूर्वअध्यक्ष तथा लायन वर्ष २०२५/२६ का जोन चियसपर्सन सुशान्त न्यौपानेलाई वर्षको उत्कृष्ट जोन चियरपर्सनको अर्वाड प्रदान गरिएको छ । लायन्स डिष्ट्रिक एलको चौथो क्याबिनेट बैठक तथा अवार्ड वितरण समारोहमा डिष्ट्रिक गर्भनर एकनारायण शर्माले अवार्ड प्रदान गरेका थिए ।

ncell

कार्यक्रममा पूर्वडिष्ट्रिक गर्भनर सुमन भट्टले लायन वर्ष २०२४/२५ को लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त क्लब एक्सिलेन्सको पिनबाट न्यौपानेलाई सम्मान गरेका थिए । 

डिष्ट्रिक एलमा यस वर्ष शिक्षा क्षेत्रमा विद्यालय पोसाक तथा शैक्षिक सामाग्री वितरणमा सूर्यगढी १ र २ का ८ विद्यालयमा एकैपटक ७०० विद्यार्थीलाई पोसाक वितरणको कार्य सुशान्त न्यौपानेको अगुवाइमा सम्पन्न भएको थियो । त्यस्तै केही दिनअघि मात्र सिन्धुपाल्चोकको भोताङ मा.वि.मा विद्यालयका लागि डेक्स बेन्च उपलब्ध गराएका थिए ।

त्यस्तै उनकै अगुवाइमा नुवाकोटको किस्पाङ गाउँपालिका भित्रका चार विद्यालयमा विद्यालय पोसाक, झोला तथा खेलकुद र स्टेशनरी सामान उपलब्ध गराइएको थियो । न्यौपानेले यस वर्ष पनि विष्णुमती सफाई अभियानमा निरन्तरता दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर