
काठमाडौं : विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचनमा जाँदा जनताको बीचमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरु केही पनि नभएको बताए ।
प्रमुख सचेतक दुलालले आफूहरुले गणतन्त्र विरुद्ध हुन कुनै पनि गतिविधिको डटेर सामना गर्ने चेतावनीसमेत दिए ।
प्रमुख सचेतक दुलालले निर्वाचन अघि उचित व्यवस्थापन नगरी सुकुम्वासी बस्ती नहटाउने भनिए पनि पछि आएर उनीहरुको बिचल्ली बनाउने काम पनि सत्तारुढ रास्वपाबाटै नभएको आरोप समेत लगाए ।