काठमाडौं : इसेवामार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्नेबारे सम्झौता भएको छ ।
सम्झौता पत्रमा फोनपेका तर्फबाट चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन् । यो योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने फोनपेले जनाएको छ । नेपालीहरुको महान चाड दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको बताइएको छ ।
यसैबीच फोनपेले दसैंलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔं, नगद छाडौं, फोनपे गरौं’ योजना पनि सुरु गरेको छ । योजना अन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सक्छन् ।
यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसङको फोन जित्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्ने अफर कम्पनीले सार्वजनिक गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies