२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वामपन्थी एकताअघि सके आजैबाट सहकार्य गरौं : प्रचण्ड

Nada
२०८३ असार १४ गते १६:१९
Shares
वामपन्थी एकताअघि सके आजैबाट सहकार्य गरौं : प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठुलो गल्ती हुने टिप्पणी गरेका छन् । 

ncell

जननेता मदन भण्डारीको हिरक जन्मोत्सवको अवसरमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले भने, ‘मैले आजको भोलि नै एकता भनिरहेको छैन । सहकार्य भने सके आजैबाट नभए भोलिबाटै सुरु गरौं । सडकमा, संसद्मा र चुनावमा सहकार्य गरौँ ।’ प्रचण्डले वामपन्थीस्हरु मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने बताएका हुन् । 

राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्ने उल्लेख गर्दै संयोजक प्रचण्डले ढिलाई गरे गल्ती हुने बताएका हुन् । ‘अब पनि कसैले नियतबस सहकार्य गर्न ढिलाई गर्छ भने त्यो दुर्भाग्य हुनेछ’ उनले भने, ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ ।’  

तर पार्टी एकता भने समीक्षापछि मात्र हुनसक्ने प्रचण्डको भनाई छ । ‘हतारमा पार्टी एकता गर्ने, फुर्सदमा रोएर बस्ने पक्षमा म छैन’ उनले भने, ‘समीक्षा त जरुर गर्नैपर्छ ।’ 

सरकार संविधानका आधारभूत विषय, सुप्रहार गर्ने, उत्पिडीत समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिंदै गएको छ । यो सबैको तार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने रु भन्नेतिर छ,’ प्रचण्डले भने ।

सम्बन्धित खबर