क्वालालम्पुर : मलेसियाले तत्काल श्रीलंकाबाट दश हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्थामा सुधारका लागि सहयोग पुर्याउन उक्त मुलुकबाट दश हजार कामदार लैजाने निर्णय गरेकोे बताएको छ ।
मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले श्रीलंका सरकारको औपचारिक आग्रह अनुसार उक्त निर्णय गरिएको बताएका छन् । उनले उद्योग प्रतिष्ठान तथा रोजगारदाताहरूले मलेसिया सरकारको निर्णयलाई सम्मान गर्दै आफ्नोतर्फबाट हुने विदेशी कामदार आपूर्तिमा श्रीलंकाका कामदारलाई मौका दिन आग्रहसमेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies