२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चुनावमा हामीले धक्का खाएका हौं, सकिएका होइनौं : ओली 

Nada
२०८३ असार १४ गते १६:५८
Shares
चुनावमा हामीले धक्का खाएका हौं, सकिएका होइनौं : ओली 

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा आफ्नो दलले धक्का खाएको भए पनि धुलो टकटकाएर फेरि उठ्ने बताएका छन् । 

ncell

जननेता मदन भण्डारीको हिरक जन्मोत्सवको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले धक्का खाएका हौ, सकिएका होइनौं । हामी लडेका हौ, मरेका होइनौं । हामी फेरि धुलो टकटकाउँदै उठ्छौं । तर विश्वंसबाट होइन्, अग्रगामी बाटोमा हिड्छौं ।’ 

गत वर्षको भदौं २३ र २४ गतेको जेनजी आन्दोलनलाई उनले लोकतन्त्र सिध्याउने षडयन्त्रका रुपमा व्याख्या गरे । वाम तथा लोकतान्त्रिक दलहरुले देश बर्बाद पारे भन्ने भास्य गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘हामीले गल्ती गरेका छैनौं । कमी भए होलान्, कमजोरी भए होलान् । त्यसको आत्मसमीक्षा गरौंला । तर, झुटा प्रचार अफवाह फैलाएर जनतामा आक्रोश घृणा पैदा गरियो । त्यसैका आधारमा वैधानिक सरकार ढालेर असंवैधानिक ढंगले संसद् विघटन र अबैध सरकार बनाइयो ।’ 

ताजा खबर

सम्बन्धित खबर