काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणासभा हुने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार काठमाडौंमा घोषणासभा हुने भएको हो ।
राप्रपामा मिश्रको पद के हुने भन्नेबारे भने श्रेष्ठले खुलाएका छैनन् ।
‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies