२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एक वर्षपछि विद्या–ओली एक ठाउँ 

जेनजी आन्दोलन र गत निर्वाचनको पराजयले पार्टीभित्रै रक्षात्मक बन्न पुगेका ओलीले अहिले पूर्वराष्ट्रपति भण्डारीको साथ खोजेका छन् ।

Nada
२०८३ असार १५ गते १२:०९
Shares
एक वर्षपछि विद्या–ओली एक ठाउँ 

एक वर्षको राजनीतिक उतारचढावपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध सुधारको संकेत देखिएको छ ।

ncell

गत वर्ष असार १४कै दिन एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई रोक्न अध्यक्ष ओलीले अनेक उपाय निकाले । उनको पार्टी सदस्यता होल्ड राखियो । पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्किन नमिल्नेगरी केन्द्रीय कमिटीबाट निर्णय गराए । ती सबैको उद्देश्य भण्डारी ११औं महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा नगरून् भन्ने थियो । यसबीच दुई नेताबीच आरोप–प्रत्यारोप चल्यो । 

गत मंसिरमा भएको ११औं महाधिवेशनमा ओली पार्टी अध्यक्षमा तेहेरिएपछि भण्डारी पार्टीमा फर्किने च्याप्टर क्लोजजस्तै भयो । तर, २१ फागुनको चुनावमा एमालेले शर्मनाक पराजय व्यहोरेपछि ओलीकै विश्वासपात्र उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल नै पार्टी पुनर्गठनको अभियान सुरु गरेपछि ओली तर्सिए । पुनर्गठन पक्षधरले पूर्वराष्ट्रपति भण्डारीलाई पनि नेता स्विकार्न तयार नभएपछि उनी गुन्डु पुगेरै सम्बन्ध सुधार गरिन् । ओलीले हतार–हतार भण्डारीको पार्टी सदस्यता नवीकरण मात्र गराएनन्, आफू हट्नु नै परे भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने रणनीति अघि सारे ।  

जेनजी आन्दोलन र गत निर्वाचनको पराजयले पार्टीभित्रै रक्षात्मक बन्न पुगेका ओलीले अहिले पूर्वराष्ट्रपति भण्डारीको साथ खोजेका छन् । उनले पार्टीमा आफूविरुद्धको संकट टार्ने र आउँदो महाधिवेशनमा भण्डारीलाई सघाउने प्रस्ताव गरेका छन् । त्यसप्रति भण्डारी पनि सकारात्मक छिन् । नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य र एकता भए पूर्वराष्ट्रपति भण्डारीलाई संयोजक बनाउन पनि ओली तयार छन् । गत वर्ष १४ असारमै बिग्रेको उनीहरूको सम्बन्धमा एक वर्षपछि करिब–करिब पुरानै स्थितिमा फर्किएको टिप्पणी हुने गरेको छ । 
 

सम्बन्धित खबर