२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिन्धुलीमा परम्परागत शैलीमा रोपाइँ (तस्बिरहरू)

Nada
२०८३ असार १५ गते १२:३९
Shares
सिन्धुलीमा परम्परागत शैलीमा रोपाइँ (तस्बिरहरू)

सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइँ दिवस मनाइएको हो ।

ncell

May be an image of one or more people, grass and text

आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको छ । संस्कृति संरक्षण हेतु र परम्पराको निरन्तरताको लागि गाउँपालिकाकै सक्रियतामा आयोजना गरिएको रोपाइं कार्यक्रममा करिब ५ रोपनी खेतमा असारे भाकामा रोपारहरुले छुपुमा छुपु धान रोपेका थिए ।

May be an image of text that says "© ©madhyanhadaily.com com"

रोपाइँसँगै सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने (टग अफ वार) लगायतका मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी भएका थिए । 

नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ। वर्षायामसँगै सुरु हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा र नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।

May be an image of elephant, rhinoceros and text that says "Őmadhyanhaanily.com hyanhadai y.com com ቀን"

May be an image of text

May be an image of text

May be an image of one or more people, Indian paintbrush and text

May be an image of animal and text

May be an image of ‎one or more people, jeep and ‎text that says "‎איייון ©madhyanhadaily.con com‎"‎‎

May be an image of one or more people and text that says "C C © ©madhyanhadaily.com com"

May be an image of text that says "© @madhyanhadaily.com .com"

सम्बन्धित खबर