२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरूको आपत्ति

Nada
२०८३ असार १५ गते १३:००
Shares
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरूको आपत्ति

काठमाडौं : राष्ट्रिय सभाका सांसदहरूले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरूलाई पार्टी सदस्यता दिएर संविधान, कानुनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।

ncell

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरूलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद केसीले विद्यार्थी युनियनहरू खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘सुकुम्वासीहरूलाई लखेटियो, धपाइयो । सुख दिन्छु भनियो । तर अहिले सेल्टरमा बसेको सुकुम्वासीहरूको बिचल्ली देख्दा हृदयविदारक हुन्छ । त्यतातिर सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अर्को एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष भन्दा मुनिका ३५ हजार भन्दा बढी युवाहरूलाई आफनो पार्टीको सदस्य बनाएर हिँडाउने । के यो विरोधाभाष भएन र ? त्यसैले यसमा पनि ध्यानाकर्षण होस् भनेर भन्न चाहन्छु ।’

सांसद जगत तिमिल्सिनाले संविधान र कानुन विपरीत बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह समेत गरे । उनले नेपालको संविधान, कानूनले समेत निषेध गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई छुट हुन नहुने पनि बताए

सांसद तिमिल्सिनाले भने, ‘नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र बालबालिकासम्बन्धी कानुनको अन्तर्राष्ट्रिय पक्षधर राष्ट्रले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको छ । तर सम्माननीय अध्यक्ष महोदय सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी स्वयंले १८ वर्ष मुनिका ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टी सदस्य पार्टी सदस्य बनाएको छ । यसरी राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान, कानुन एवं अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद तिमिल्सिनाले सत्तारुढ रास्वपालाई संविधान विपरितका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको जिकिर पनि गरे

सम्बन्धित खबर