२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

Nada
२०८३ असार १५ गते १७:४६
Shares
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ncell

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागिविशेष अदालतमा पेस गरिएको थियो ।

यसअघि पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।  

सम्बन्धित खबर