काठमाडौं : सामान्यतया जुन हैसियतमा राष्ट्रसेवकले अवकास पाउँछ त्यही तहको सेवा सुविधा अवकाश पछि पनि पाउँछ । यो विश्वव्यापी रुपमा समेत चलिएको अभ्यास हो । तर, कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको हकमा सरकारले अवकाशपछि पूर्वप्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय गरेको छ ।
एक मन्त्रीका अनुसार केही दिन अगाडि बसेको मन्त्रिपरिषद बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो । ‘कार्कीका हकमा पूर्वप्रधानन्यायाधीश कै सरह सेवा सुविधा दिने निर्णय भएको छ’ ति मन्त्रीले भने ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि कार्की कामू प्रधानन्यायाधीश भएका थिए । उनले ६५ वर्षका उमेर हदका कारण १६ असोजमा अवकाश पाउँदैछन् । अवकाशअघि बसेको मन्त्रिपरिषद बैठकले ६ महिना कामु प्रधानन्यायाधीश भइसकेका न्यायाधीशलाई गाडी र सवारीचालक सुविधा दिने निर्णय गरेको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी पनि कामु प्रधानन्यायाधीश भएका थिए । उनलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा पनि सिफारिस गर्यो, तर संसदीय सुनुवाइमा अस्वीकृत भएका उनले न्यायाधीश पदबाटै राजीनामा दिए ।
उनले पूर्वन्यायाधीशले पाउने पेन्सनबाहेक अरु सुविधा पाएका छैनन् । तर १६ असोजमा अवकाश पाउँदा कामू प्रधानन्यााधीश कार्कीले भने गाडी सुविधा पाउने भएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies