२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता छ : भीष्मराज आङदेम्बे

Nada
२०८३ असार १६ गते १२:११
Shares
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता छ : भीष्मराज आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।

ncell

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई संकटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिएका हुन् ।

आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने गरिएको टिप्पणीसमेत गरे । सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो सङ्घर्षको ऐतिहासिक निष्कर्ष भएको भन्दै उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने चेतावनी दिए ।

‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति भइरहेको छ, जुन राम्रो होइन,’ आङदेम्बेले भने, ‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न थाल्यौँ । अभ्यास नै नगरीकन प्रश्न उठाउनु गलत हो ।’

ताजा खबर

सम्बन्धित खबर