
काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा मंगलवार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको हो । विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।
गैर कानुनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत साता पक्राउ गरेको थियो ।