२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भ्रममा नपरे हुन्छ, वाम एकता हुँदैन्ः ओली 

अपहरित लोकतन्त्र फर्काउन लोकतन्त्रवादी, वामपन्थी र देशभक्तबिच कार्यगत एकतामा जानुपर्ने उनले बताएका छन् । 

Nada
२०८३ असार १६ गते १५:३२
Shares
भ्रममा नपरे हुन्छ, वाम एकता हुँदैन्ः ओली 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले वामपन्थी एकताको कुनै सम्भावना नरहेको र भ्रममा नपर्न नेताकार्यकर्तालाई आग्रह समेत गरेका छन्। तर, अपहरित लोकतन्त्र फर्काउन लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरुबिच कार्यगत एकता गरेर संघर्ष गर्नुपर्ने बताए । 

ncell

 ‘पार्टी एकताको अहिले सम्भावना छैन । त्यो भ्रममा कोही पनि नपरौं । हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्छौं’ एमालेनिकट नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष ओलीले भने। 

पार्टी एकतामा पवित्रता चाहिने उल्लेख गर्दै ओलीले विगतमा त्यो नदेखिएको टिप्पणी गरे । पार्टी एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको स्मरण गर्दै अहिले एमाले तत्कालै पार्टी एकतामा नजाने उनको दाबी छ । तर, सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्ने ओेलीले बताए । 

सम्बन्धित खबर