
काठमाडौँ : नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।
बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पूर्व डिआइजी चन्द करिब १० दिन अगाडि भैंसेपाटीस्थित निवासमा लडेका थिए। लडेर उनको टाउकोमा चोट लागेको थियो ।
उपचारका लागि उनलाई मेडिसिटी अस्पताल पुर्याइएको थियो । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ ।