२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

Nada
२०८३ असार १७ गते १३:०७
Shares
रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन् ।

ncell

काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

रास्वपाको प्रथम महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सम्मान स्वरूप घण्टीजडित मायाको चिनो तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
 

सम्बन्धित खबर