२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

Nada
२०८३ असार १७ गते १३:४२
Shares
स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न  सरकारसँग माग गरेको छ ।

ncell

नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको थियो । 

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।

“पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक छ”, उनले भने, “इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सृजना गर्ने गरेको छ ।” 

महासंघका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यमात्र नभएर सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य,  बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई  वैज्ञानिक आधारमा मूल्यांकन हुनुपर्ने बताए ।

सम्बन्धित खबर