२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

त्रिशूली नदीमा हाम फाल्न खोजेका युवकको प्रहरीद्वारा उद्धार

Nada
२०८३ असार १७ गते १४:५४
Shares
त्रिशूली नदीमा हाम फाल्न खोजेका युवकको प्रहरीद्वारा उद्धार

काठमाडौँ : तनहुँको आबुखैरेनी-४ स्थित मुग्लिङ क्षेत्रमा त्रिशूली नदीमा हाम फाल्ने तयारीमा रहेका एक युवकलाई प्रहरीले समयमै उद्धार गरेको छ ।

ncell

प्रहरीका अनुसार पुरानो पुलको संरचनामा चढेर नदीमा हाम फाल्ने अवस्थामा रहेका दाङको राजपुर गाउँपालिका–१ निवासी ३२ वर्षीय दीपक घर्ती मगरलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो ।

उद्धारपछि उनले पारिवारिक समस्याका कारण आत्महत्याको प्रयास गर्न पुगेको बताएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर