
काठमाडौँ : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा सरकारका तर्फबाट स्पष्ट जवाफ दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयका क्रममा सदस्यहरूले उठाएका प्रश्न र विषयवस्तुप्रति सरकारको औपचारिक धारणा प्रस्तुत गर्न नेपाल सरकारका सबै मन्त्रीलाई रुलिङ गरेका हुन् ।
सदनमा विभिन्न सांसदहरूले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा सरकारको धारणा माग गर्दै प्रश्न उठाएका थिए । तीमध्ये प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन)सँग सम्बन्धित विवादित अभिव्यक्तिको विषयमा समेत सरकारको जवाफ माग गरिएको छ ।
यता प्रतिनिधि सभामा पनि सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट जवाफ सुनिश्चित गराउन सभामुखमार्फत रुलिङको माग गर्दै आएका छन् । यद्यपि, प्रतिनिधि सभामा त्यससम्बन्धी रुलिङ भने हालसम्म भएको छैन ।