२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

Nada
२०८३ असार १७ गते १७:२०
Shares
शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन् । काठमाडौं महानगरपालिकाको ५३औं नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन् ।

ncell

शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानुनी समस्या नरहेको उनको भनाइ छ । उनले शान्तिबाटिकमा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरु हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन् ।

उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छन् । उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाइ नगर्न निर्देशन दिएकी हुन् ।

उनले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन् । उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताइन् । उनले जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानुनी प्रक्रिया पूरा गरिएको जानकारी दिइन् ।

उनले अव्यवस्थित बसोबास र सुकुम्वासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन् ।

उनकाअनुसार समस्या समाधानको लागि अब छिट्टै महानगरमै अर्को बैठक आयोजना गर्नेछ । बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुने उनले जानकारी दिइन् ।

बैठकमा वडागत समस्या प्रश्तुत गर्दै सुकुम्वासी र अव्यवस्थित बसोवासको दिगो समाधान खोज्ने गरी विस्तृत छलफल गरिने उनको भनाइ छ ।

सम्बन्धित खबर