
काठमाडौँ : कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो ।
उक्त फैसला कार्यान्वयनका लागि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।