२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख राहत

Nada
२०८३ असार १८ गते १२:१४
Shares
कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख राहत

काठमाडौँ : वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा बिमाबापत २३ लाख पाएका हुन् ।

ncell

मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताबापत १० लाख र बिमाबापत १३ लाख पाएको बताइएको छ ।

वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो । तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ ।

आर्थिक सहायता तथा बिमाबापतको रकम दिलाइदिनका लागि मृतक परिवारले २०८२ पुस २४ गते आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए । निवेदनको आधारमा आप्रवासी श्रोत उपकेन्द्रले आवश्यक कागजात तयार पारेर सोही दिन आर्थिक सहायता तथा बीमाको रकम प्राप्तीका लागि वैदेशिक रोजगार बोर्डमा सिफारिस गरेको थियो । असार १६ गते मृतक परिवारको खातामा आर्थिक सहायता तथा बिमाबापतको रकम जम्मा भएको हो ।
 

सम्बन्धित खबर