२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मुग्लिन-नारायणघाट सडक खण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध

Nada
२०८३ असार १८ गते १३:३७
Shares
मुग्लिन-नारायणघाट सडक खण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध

काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित पानी धारामा सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडक खण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ncell

बिहीबार बिहान ११:४० बजेतिर पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन रोकिएको हो ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सडक खुल्दासम्म वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

सम्बन्धित निकायले पहिरो पन्छाई सडक सञ्चालनमा ल्याउने कार्य जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर