२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल प्रहरीका ८ जना एआइजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त, शिक्षा नियमावली १०औं संशोधन स्वीकृत

Nada
२०८३ असार १८ गते १६:१०
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।

ncell

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको बताए ।

सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । बैठकले शिक्षा दशौं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको मन्त्री पोखरेलले बताए । 

त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ ।

सम्बन्धित खबर