२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शितलपुरमा झोलुङ्गे पुल निर्माण सुरु

Nada
कृष्ण तिवारी
२०८३ असार १८ गते २१:४८
Shares
शितलपुरमा झोलुङ्गे पुल निर्माण सुरु

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शितलपुरमा लामो समयदेखि अलपत्र रहेको झोलुङ्गे पुल निर्माणको काम पुनः सुरु भएको छ । पुल निर्माण अघि बढेसँगै स्थानीयवासी खुसी भएका छन् । 

ncell

स्थानीयका अनुसार वडास्तरीय बजेटबाट निर्माण भइरहेको पुल वडाध्यक्ष अनिरुद्ध यादव (सञ्जय)को पहल र निरन्तर प्रयासपछि पुनः निर्माण प्रक्रियामा आएको हो । 

निर्माणाधीन झोलुङ्गे पुलले मौलापुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकालाई बकुवा खोलामार्फत जोड्नेछ । पुल नहुँदा किसान तथा स्थानीयवासीले वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका थिए ।

स्थानीय हरिकिशोर यादवका अनुसार वडा अध्यक्ष यादवको नेतृत्वमा शितलपुर क्षेत्रमा सडक, नाला, मठ–मन्दिर, कृषि सडक, ढलान तथा विद्युतीकरणलगायतका विभिन्न विकास निर्माणका काम सम्पन्न भएका छन् भने केही योजना अझै कार्यान्वयनको चरणमा छन् । 

स्थानीयवासीले झोलुङ्गे पुल समयमै निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि आवतजावत सहज हुनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित खबर