२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दृष्टिविहीनहरू आज पनि आन्दोलनमा

Nada
२०८३ असार १९ गते १२:४६
Shares
दृष्टिविहीनहरू आज पनि आन्दोलनमा

काठमाडौं : सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । 

ncell

शुक्रबार माइतीघर मण्डलामा भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले मिाईतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको बताएका छन् ।

सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।

माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित खबर