२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसभित्र संवाद र एकताको आवश्यकता औँल्याउँदै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

Nada
२०८३ असार १९ गते १६:१०
Shares
कांग्रेसभित्र संवाद र एकताको आवश्यकता औँल्याउँदै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

काठमाडौँ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि पार्टीभित्र सुदृढ एकता अपरिहार्य रहेको बताएका छन् । उनले आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

ncell

बानेश्वरमा कांग्रेसका भ्रातृ संस्थाका नेताहरूसँग भएको छलफलमा महरले पार्टीभित्र देखिएका असहमति र विवादलाई आपसी विश्वासको वातावरण निर्माण गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

उनले नेपाली कांग्रेस विगतमा विभाजित हुँदा त्यसको प्रभाव केवल संगठनमा मात्र सीमित नरही समग्र लोकतान्त्रिक प्रणालीमा समेत परेको उल्लेख गरे । इतिहासमा कांग्रेसको विभाजनपछि निरङ्कुश प्रवृत्तिले बलियो हुने अवस्था सिर्जना भएको स्मरण गराउँदै उनले त्यसबाट पाठ सिकेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए ।

महरले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार, सशक्त र संगठित रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए । उनका अनुसार व्यक्तिगत महत्वाकांक्षा वा गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य-मान्यता र जनताको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई सबै प्रकारका मतभेद संवाद, सहमति र आपसी समझदारीबाट टुंग्याउँदै संगठनात्मक एकतालाई थप मजबुत बनाउन आग्रह गरे ।

सम्बन्धित खबर