२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर

Nada
२०८३ असार १९ गते १८:२२
Shares
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ : बैतडीको पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ncell

प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ । गम्भीर घाइते दुई जनासहित सबै घाइतेलाई उपचारका लागि डडेल्धरा अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर