२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

Nada
२०८३ असार १९ गते १८:४४
Shares
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् ।

ncell

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

डा. थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यसम्पादन गरिसकेका छन् । उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

उनको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक नेतृत्वको जिम्मेवारी डा. थापाले सम्हाल्ने भएका छन्  ।

सम्बन्धित खबर