२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको रवि लामिछानेको प्रष्टीकरण

Nada
२०८३ असार १९ गते १९:४२
Shares
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको रवि लामिछानेको प्रष्टीकरण

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले प्रदेश संरचनालाई थप प्रभावकारी र नागरिकमुखी बनाउने विषयमा मात्र बहसको प्रस्ताव गरिएको बताएका छन् ।

ncell

शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्ने कुनै प्रस्ताव नरहेको उल्लेख गरे ।

रास्वपाले संघीय संरचना समाप्त गर्ने होइन, त्यसको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उपायबारे छलफल आवश्यक रहेको धारणा राखेको उनले बताए। उनका अनुसार प्रदेश संरचनामा सुधार तथा पुन:संरचनासम्बन्धी (‘रेट्रोफिट’) अवधारणामाथि बहस गर्नुपर्ने प्रस्ताव मात्र पार्टीले अघि सारेको हो ।

प्रदेश संरचनाको प्रभावकारिताबारे सबै राजनीतिक दलमा पनि छलफलको आवश्यकता महसुस भइरहेको उल्लेख गर्दै उनले रास्वपाले यही विषयमा विमर्श अघि बढाउन चाहेको बताए ।

लामिछानेले सरकार र रास्वपा दुवै लोकतान्त्रिक व्यवस्था तथा संघीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संघीय संरचनालाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित खबर