२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

Nada
२०८३ असार २० गते १५:३४
Shares
हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर : जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा  ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

बस चालक धनुषाको जनकपुर उपमहापालिका ८ बस्ने वर्ष ५० को धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खबर