२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमै : हरिहर विरही

Nada
२०८३ असार २१ गते १२:२२
Shares
प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमै : हरिहर विरही

काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायम रहेको बताएका छन् ।

ncell

महासंघले आइतबार ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जस्तोसुकै परिस्थितिमा पनि नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्न विभिन्न मूल्य चुकाउनुपरेको उनले बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिइसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु दुःखद् भएको उनले बताए ।

उनले राज्यको सूचना लुकाउने प्रवृत्ति र सही सूचनालाई गलत सावित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोसिस अहिले पनि भइरहेको जिकिर गरे । 

उनले प्रमाणसहित मन्त्रीको बारेमा लेखेको समाचारलाई संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था यसअघि कहिल्यै नभएको पनि बताए ।

सम्बन्धित खबर