२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा

Nada
२०८३ असार २१ गते १३:५८
Shares
कांग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा

काठमाडौँ : नेपाली कांग्रेस धनकुटासँग आबद्ध १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । राजीनामा दिनेमा महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसमेत रहेकी छन् ।

ncell

उनीहरूले पार्टीका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन् । राजीनामा दिने अन्य नेतामा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा तथा क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन् । उनीहरूले पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको र सक्रिय रूपमा काम गर्ने अनुकूल वातावरण नभएको उल्लेख गरेका छन् ।

पार्टी त्याग गरेका नेताहरूले आगामी राजनीतिक यात्रा कुन दल वा अभियानसँग जोडिने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । यद्यपि, उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीतर्फ जान सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर