२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छ : गगन थापा

Nada
२०८३ असार २१ गते १५:२५
Shares
सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हुन् ।

ncell

उनले आर्थिक अपराधविरुद्ध सरकारले कानुनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए ।

उनले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा कांग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पारे । तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ ।

निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उनले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गरे । उनले मुलुकमा भयको वातावरण सिर्जना भउकै कारण नयाँ व्यवसायहर सुरु गर्न कोही पनि तयार नरहेको टिप्पणी गरे ।

सभापति थापाले सरकारले न्यून, मध्यम तथा पुँजी परिचालन गर्नसक्ने व्यक्ति कसैमा पनि आत्मविश्वास ल्याउन नसकेको टिप्पणी गरे ।

सम्बन्धित खबर