२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछ : प्रचण्ड

Nada
२०८३ असार २१ गते १५:४९
Shares
सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछ : प्रचण्ड

काठमाडौं : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

ncell

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।

वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक प्रचण्डको भनाइ छ ।

उनले सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियनहरु खारेज गर्ने, ट्रेड युनियन अधिकारहरु खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरु भएकाले आफूले संसदमा पनि धेरै विषयहरु बोल्ने पनि बताए ।

संयोजक प्रचण्डले सरकार गलत बाटोमा गएकाले त्यसविरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

संयोजक प्रचण्डले आफूहरुले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भिर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताए । 

सम्बन्धित खबर