२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

Nada
२०८३ असार २१ गते १६:४९
Shares
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं : प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन् ।

ncell

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए ।

४२ वर्षअघि चार जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौं क्षेन नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे । 

विद्यालयका प्राधानाध्यापक विष्णु पनेरुले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सम्बन्धित खबर