२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय

Nada
२०८३ असार २१ गते १९:२५
Shares
नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको छ।

ncell

पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न भई महाधिवेशनका सम्पूर्ण निर्वाचन प्रक्रियामा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने विषयमा सहमति जुटाइएको हो । बैठकले मतदाता व्यवस्थापनदेखि मतदान प्रक्रियासम्म डिजिटल प्रणाली अपनाउने र सम्भव भएसम्म विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले महाधिवेशनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधारहरू अघि बढाउने निष्कर्षसमेत निकालेको छ ।

समितिले प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ ।

सम्बन्धित खबर