२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसको प्रश्न- यो देश कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र हो ?

Nada
२०८३ असार २२ गते १४:१९
Shares
कांग्रेसको प्रश्न- यो देश कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र हो ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यो देश कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

ncell

कोही पनि नागरिकको बसोबास कानुनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानुनी हुन नसक्ने उनले बताए । उनले सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरे ।

उनले समाधानका नाममा हजारौं सुकुम्वासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शून्य भएको लक्षण भएको बताए । व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको उनको भनाइ थियो ।

उनले भने, ‘सभामुख महोदय, के यो देश ठुला बडाको मात्रै हो ? कालो चस्मा लाउने कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय ? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? होइन भने भन्नुपर्‍यो । यदि हो भने किन अत्याचार गरिन्छ ? शक्तिहीन नागरिक माथि । के यो लोक कल्याणकारी राज्यको चरित्र अनुकूल छ ? म सोध्न चाहन्छु सरकारलाई सभामुखमार्फत । त्यसैले मेरो विनय विनम्र आग्रह छ सुकुम्वासी समस्या समाधान गरौं तर मानवीय ढंगले गरौं । मानव मर्यादालाई ख्याल गरौं सत्ताको उन्मादमा होइन ।’

सम्बन्धित खबर