२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेस संस्थापन इतर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

Nada
२०८३ असार २२ गते १५:२४
Shares
कांग्रेस संस्थापन इतर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ । सोमबार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

ncell

पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गरे । उद्घाटनपछि सम्पर्क कार्यालयमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको छ ।

बैठकमा कांग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताए । नेपाली कांग्रेस विगतमा पनि देशको ठुलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठुलो बनाएर लैजाने प्रतिबद्धता उनको छ । नेता विश्वकर्माले आगामी दिनमा कांग्रेसलाई अझ ठुलो पार्टी बनाउन सबै एक हुनुपर्ने बताए । 

उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

सम्बन्धित खबर