२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारले ट्रेड युनियन खारेज गर्ने मनसाय नराखेको मन्त्री यादवको प्रष्टीकरण

Nada
२०८३ असार २२ गते १७:४८
Shares
सरकारले ट्रेड युनियन खारेज गर्ने मनसाय नराखेको मन्त्री यादवको प्रष्टीकरण

काठमाडौँ : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनसाय नरहेको बताएका छन् ।

ncell

सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३० सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उहाँले उक्त प्रतिक्रिया दिएका हुन् ।

मन्त्री यादवले सरकारले सबै ट्रेड युनियनहरूलाई एकीकृत गरेर अघि बढाउन चाहेको समेत स्पष्ट पारे ।

उनले उक्त महासन्धिअनुसार तत्काल कानून निर्माण गरी सरकारले त्यसको कार्यान्वयनका लागि कडा अनुगमन गर्ने योजना पनि सुनाएका छन्।

सम्बन्धित खबर