२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचना गर्ने नवेश अधिकारी पक्राउ

Nada
२०८३ असार २३ गते १४:०८
Shares
सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचना गर्ने नवेश अधिकारी पक्राउ

काठमाडौँ : सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको आलोचना गरेका धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेले माथिल्लो निकायको निर्देशनअनुसार अधिकारीलाई पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका अधिकारी हेल्थ असिस्टेन्ट (एचए) हुन् ।  पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री मेहताको कार्यशैली, स्वास्थ्य सेवा, दरबन्दी, सेवा–सुविधा र पेशागत असुरक्षासम्बन्धी विषयमा निरन्तर आलोचनात्मक टिप्पणी गर्दै आएका थिए ।

गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो रङको क्रस चिन्ह राख्दै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए । अर्को स्टाटसमा उनले सरकारको निर्णयअनुसार प्रत्येक अस्पतालमा गरिब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था मधेशका अस्पतालमा प्रभावकारी रूपमा लागू हुन नसकेको आरोप लगाउँदै मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए ।

सम्बन्धित खबर