२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव

Nada
२०८३ असार २३ गते १४:२६
Shares
आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव

काठमाडौँ । सांसदहरूले सार्वजनिक लेखा समितिलाई आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न सुझाव दिएका छन् ।

ncell

मंगलवार बसेको समितिको बैठकमा सांसदहरूले बेरुजु फर्स्यौट, राहदानी खरिद प्रकरणको अध्ययन गर्न तथा सार्वजनिक सरोकारका विषयमा प्रभावकारी छानबिन अघि बढाउन आग्रह गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिए ।

उनले एक–दुई हप्ताभित्रै बेरुजु फर्स्यौट गर्ने गरी स्पष्ट कार्यतालिका बनाउन आग्रह गरे । उनले समितिमा उजुरी प्राप्त भएका मात्रै नभई सार्वजनिक महत्वका अन्य विषयलाई पनि समितिले छलफलको विषयवस्तु बनाउनुपर्ने बताए ।

समितिले आफैँले देखेका अनियमितता र शंकास्पद विषयलाई समेत तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर