२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

होटलमा जबरजस्ती करणी उद्योग, भारतीय नागरिकसहित पाँच जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २३ गते १५:५५
Shares
होटलमा जबरजस्ती करणी उद्योग, भारतीय नागरिकसहित पाँच जना पक्राउ

रौतहट : जिल्लाको सदरमुकाम गौरस्थित एक होटलमा जबरजस्ती करणी उद्योग बलत्कार प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ncell

​जिल्लाको गौर नगरपालिका वडा नम्बर २ मा अवस्थित सुष्मा प्यालेस होटलमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

​पक्राउ पर्नेहरूमा स्थानीय गौर नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय सन्तोष राउत र बाँकी चार जना भारतीय नागरिक रहेका छन् । पक्राउ परेका भारतीय नागरिकहरूमा भारतको मुजफ्फरपुर जिल्ला कल्याणी पञ्चायत वडा नं. २४ का ३३ वर्षीय मोहम्मद ताजुदिन, मैरोवन पञ्चायत वडा नं. २ का ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत वडा नं. १ का ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत वडा नं. ४ का ३४ वर्षीय आलोक कुमार रहेका छन् ।

​जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार गत आइतबार २१ असार बिहान करिब १:०० बजेको समयमा पीडितले दिएको तत्कालको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई होटलबाटै नियन्त्रणमा लिइएको हो ।
​
घटनाका सम्बन्धमा पक्राउ परेका पाँचै जनामाथि जबरजस्ती करणी उद्योग मुद्दाअन्तर्गत हिरासतमा राखी थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर