
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री तथा सत्तारुढ दलका संसदीय दलका नेतालाई संसद्प्रति उत्तरदायी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्रीलाई संसद् र संविधानप्रति जवाफदेही बनाउने जिम्मेवारी उनको दलकै भएको उल्लेख गरे । प्रधानमन्त्रीलाई संसदीय दलको नेता र सरकार प्रमुख बनाउने प्रक्रियामा रास्वपाको भूमिका रहेकाले अहिले पनि आवश्यक हस्तक्षेप गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।
सांसद तामाङले संसद्को गरिमा, मर्यादा र संस्थागत सम्मान कायम राख्ने दायित्व सभामुखको पनि रहेको बताए । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित भई आफ्नो धारणा राख्न निर्देशन दिन सभामुखसँग आग्रह गरे ।