२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ

Nada
२०८३ असार २४ गते १३:३९
Shares
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ

काठमाडौँ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ गरेका छन् ।

ncell

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी स्वास्थ्य संस्थामा महँगो शुल्कमा उपचार तथा औषधि उपलब्ध गराइदिने प्रलोभन देखाउँदै बिचौलियाको गतिविधि भइरहेको सूचनापछि प्रहरीले १० जनालाई पक्राउ लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २४ गते धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि त्यस्ता गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाको संयुक्त टोलीले निगरानी तथा कारबाही गरेको थियो ।

सो क्रममा प्रतिष्ठान परिसरमा बिरामी तथा आफन्तलाई प्रभावमा पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा १० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेकामध्ये सुनसरी, सप्तरी, भोजपुर, मोरङ र उदयपुरका बासिन्दा रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर