२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कृषि अनुसन्धानलाई किसानको व्यावहारिक अनुभवसँग जोड्नुपर्नेमा कामु कार्यकारी निर्देशक श्रेष्ठको जोड

Nada
२०८३ असार २४ गते १४:२९
Shares
कृषि अनुसन्धानलाई किसानको व्यावहारिक अनुभवसँग जोड्नुपर्नेमा कामु कार्यकारी निर्देशक श्रेष्ठको जोड

काठमाडौँ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले कृषि अनुसन्धान तथा प्रविधि विकासलाई प्रभावकारी बनाउन किसानको व्यावहारिक अनुभव र आधुनिक वैज्ञानिक ज्ञानबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

ncell

नार्कद्वारा आयोजित नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा उनले कृषि क्षेत्रमा दिगो र उपयोगी नवप्रवर्तन विकासका लागि स्थानीय तहमा उपलब्ध ज्ञान र वैज्ञानिक अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

उनले स्थानीय किसानसँग सहकार्य गर्ने कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै किसानसँग लामो समयदेखि संचित व्यावहारिक अनुभव रहेको बताए। त्यस्तो अनुभवलाई अनुसन्धान प्रक्रियासँग जोड्न सके कृषि प्रविधिको विकास र विस्तार अझ प्रभावकारी बन्ने उनको भनाइ थियो ।

सम्बन्धित खबर