२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

Nada
२०८३ असार २४ गते १६:४९
Shares
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

ncell

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पुनः सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँस गरी बैठक बिहीबार बिहान ११ बजेका लागि तय गरेका हुन् ।

यसअघि बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो । उक्त प्रस्ताव पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

पछि संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश स्थगित भएको बैठक पुनः सञ्चालन हुन नसकेकाले प्रतिनिधिसभा नियमावली बमोजिम सभामुखले बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको जनाएको छ ।

सम्बन्धित खबर