२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारलाई एमाले सांसद बरालको प्रश्न- सुकुम्वासीले बाँच्न पाउने कि नपाउने ?

Nada
२०८३ असार २५ गते ११:५३
Shares
सरकारलाई एमाले सांसद बरालको प्रश्न- सुकुम्वासीले बाँच्न पाउने कि नपाउने ?

काठमाडौं : नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

ncell

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्वासीलाई सडकमा धकेल्दा उनीहरूको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गरिन् । सांसद बरालले सुकुम्वासीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराए ।

उनले भनिन्, ‘सुकुम्वासी जनता हुन कि होइनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने । र, उहाँहरूलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरूले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हुन्छ कि हुन्न ? र, यी गरिवका आँशु धेरै महँगा हुनेछन् । यस विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद बरालले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई अपमान गरेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरिरहेको आरोप समेत लगाइन् ।

सम्बन्धित खबर