२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ

Nada
२०८३ असार २५ गते ११:५८
Shares
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ

काठमाडौँ :  नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

ncell

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार सीआईबीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा चलाइनेछ ।

उनीहरूलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले जानकारी दिए ।

सम्बन्धित खबर